इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बसिरउद्दिन मन्सुरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पुस्तक हस्तान्तरण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको स्थापना गर्न लागिएको हिरासत कक्षमा साझेदारी पुस्तकालयलाई व्यक्तिगत तवरबाट इनरुवा नगरपालिका ९ का वडाध्यक्ष मन्सुरीले रु दशहजार बराबरको पुस्तक जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापालाई आइतबार हस्तान्तरण गरेका हुन । वडाध्यक्ष मन्सुरीले व्यक्तिगत तर्फबाट पुस्तक हस्तान्तरण गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई धन्यवादसमेत ज्ञापन गरेको छ । हिरासत कक्षमा साझेदारी पुस्तकालय स्थापनाको काम अन्तिम चरण पुगेको जिप्रका सुनसरीले जनाएको छ ।









