मुस्ताक आलम
लौकही । कोशी गाउँपालिकाका सामुदायिक विद्यालयको बालविकास केन्द्रहरुमा सहयोगी कायकर्ता (सका) का रुपमा काम गरिरहेको शिक्षिकाहरुले आफ्नो पारिश्रमिक बढाउन माग गरेका छ्न । बाल विकास क्षेत्रमा रहि काम गरिरहेका कर्मचारीहरुले आफ्नो हक, अधिकार र पेशाका संरक्षणका लागि कोशी गाउँपालिकाको कार्यालय लौकहीमा ज्ञापन पत्र बुझाएको हो ।
बाल बिकासकर्मीहरुले बाल विकासको क्षेत्रमा पारिश्रमिक अनुसारको सेवा सुबिधा नपाएको गुनासो गर्दै कोशी गाउँपालिका भरीका बालविकास केन्द्रका सकाहरु संगठित भई छ बुँदे मागसहित कोशी गाउँपालिका का अध्यक्ष ऐयुब अन्सारीलाइ ज्ञापनपत्र बुझाएका छन् ।
उक्त ज्ञापनपत्रमा बालबिकास केन्द्रलाई विद्यालयको संरचनाभित्र समावेश गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावली अनुसार अरु शिक्षक सरहको सेवा सुविधा पाउनुपर्ने, दैनिक सेवा अवधिलाई अरु शिक्षक सरह कायम गरी बालबालिकालाई थप सेवा गर्न दिनुपर्ने, तलब मापदण्डको आधारमा निर्धारण गरिनुपर्ने, बालबिकास केन्द्रमा प्रशस्तैमात्रामा शैक्षिक तथा खेलकुद सामग्रीका साथै सफा र उज्याला कोठाको व्यवस्था गरिदिनुपर्ने समेत जस्ता मांगहरु उल्लेखित गरिएको छ ।
हामी बाल बालिकाको भबिस्य उज्यालोका लागि मिहिनेत गरेर आफ्नो डियुटि गर्छौ एकजना बाल विकास शिक्षिकाले भनिन् तर हामिलाइ स्थानीय तहबाट सम्मान र सेवामा किन बन्चित गरिएको छ त ? बालबालिकाहरुलाई थप बलियो बनाउन तालिम तथा सरोकारवाला अभिमुखीकरणको व्यवस्था गरिनुपर्ने जस्ता कुराको सुनवाइ हुँदैन । बाल बिकासको लागि केन्द्र सरकारले ७ हजार बराबरको सेवा सुबिधा दिएको छ र यसमा गाउँपालिकाले ८ हजार सेवा सुबिधा दिनुपर्ने उनीहरूको माग रहेको छ।









