लौकही । कोशी गाउँपालीका क्षेत्रबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ । सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेपनि तस्करहरुले उनीहरूलाई छल्दै गाजा तस्करी गराउदै आएका छन् । सोही क्रममा सुनसरी प्रहरीले जिल्लाको कोशी गाँउपालिका- ७ कोशी नदिको किनारबाट असोज १ गते साझ ६० केजी गाजा बरामद गरेको छ ।
सुराकीको आधारमा अस्थायी प्रहरी चौकी हरिपुरबाट परिचालित टोलिले खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको बोराको मुख खोली चेकजाँच गर्दा उक्त बोरा भित्र अबैध लागुऔषध गाजा अन्दाजी ६० केजी फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।









