दुहबी / स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरीका उपाध्यक्ष तथा कोचिला खबर मिडियाका प्रबन्धक ,सहसम्पादक पत्रकार अकबर अलिलाई मातृशोक परेको छ ।
अलिकी आमा फतमा खातुनको आफ्नै निवास दुहबी १० सिमरीयामा सोमबार राती ७० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खातुन बिगत लामो समय देखि मुटु र दम रोगसंग ग्रसित रहेको थिइन् । पत्रकार अलीको आमाको निधनप्रति नेपाल पत्रकार महासंघ सुनसरी र नेपाल प्रेस युनियन सुनसरी शाखाले दु:ख व्यक्त गरेको छ ।









