इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले सदरमुकाम इनरुवास्थित रहेको सुनसरी बहुमुखी क्याम्पस सुधारमा चासो देखाएका छन् । मंगलबार क्याम्पसको अवलोकन गर्दै मेयर मेहताले क्याम्पसको शिक्षाको स्तरसँगै भौतिक पूर्वाधार, पार्किङ समस्या समाधान, क्याम्पस सरसफाइ,पुस्तक व्यवस्थापनमा चासो देखाएका छन् ।
इनरुवा नगरपालिका क्षेत्रमा रहेका विद्यालय र मदरसासँगै क्याम्पसमा गुणस्तरीय शिक्षाका योजनाअनुसार काम गर्दै आएको बताउदै मेयर मेहताले अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्दै जाने बताए । शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न आफू तयार रहेको उनको दाबी छ ।
सो क्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, रामप्रसाद घिमिरे, सदस्य हरिलाल मेहता, मिरा पोखरेल, पूर्व क्याम्पस प्रमुख प्रकाश नेपाली , क्याम्पस प्रमुख इनु भट्टराई,नेविसंघका सभापति सेराज हुसेन,विद्यार्थी नेता रोहित साह, नरेश मेहता र प्रवीण मण्डललगायतको उपस्थिति रहेको थियो ।









