मुस्ताक आलम
लौकही । इनरुवा नगरपालिकालाइ युएन एफपिएले विभिन्न सामग्री सहयोग गरेको छ । मंगलबार इनरुवा नगरपालिकाको परिसरमा युएन एफपिए र नेपाल रेडक्रस सोसाइटिको साझेदारीमा २० लाख बराबरको विभिन्न सामग्री सहयोग गरेको हो । इनरुवा नगरपालिकाकि उप प्रमुख जमुना गौतम पोखरेलले बेमौसमी बाढीबाट प्रभावित भएका नागरिकहरुका लागि युएन एफपिए २० लाख बराबरको सामग्री सहयोग मागेको बताइन् ।
इनरुवा नगर क्षेत्रमा रहेका प्रभावित व्यक्तिहरुको लागि । सामग्री डिगनिटि किट ५०० थान, किशोरी किट ५०० थान, त्रिपाल २०० थान , झुल २०० थान लगायत अत्यावश्यक सामग्री इनरुवा नगरपालिकालाइ उपलब्ध गराएको युएन एफपीए सुनसरी जिल्ला कार्यक्रम बिज्ञ काशी पोखरेलले जानकारी दिए । सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले बेमौसमी बाढीका कारण प्रभावित भएका घरपरिवारहरुला लागि इनरुवा नगरपालिका सहयोग गर्न तयार रहको बताए । प्रमुख मेहताले युएन एफपीए र नेपाल रेडक्रस सोसाइटीलाइ सहयोगको लागि धन्यवाद समेत दिएका छन ।









