सुनसरी । बैमौसनी वर्षाले पीडित भएका ६ सयबढी बाढी पीडित परिवारलाई सहयोग गरेको हेसरा नेपालले जनाएको छ । असोज दोस्रो सातादेखि सुरु भएको अविरल वर्षाले प्रभावित मोरङ जिल्लाका बाढी पीडितलाई हेसरा नेपालले खाद्यान्न सहयोग प्रदान गरेको हो ।
मोरङ जिल्लाको सुनबर्सि नगरपालिका र धनपाल नगरपालिका क्षेत्रका ६०० भन्दा बढी बाढी प्रभावित परिवारलाई खाद्य प्याकेज सामग्री वितरण गरिएको हेसरा नेपालका फिल्ड अफिसर नसिम अहमदले जानकारी दिए ।

धनपाल नगरपालिकाकि उप-मेयर नसीमा बानो,
मोरङ जिल्लाका हेसरा नेपालका महासचिव अब्दुल मन्नान,इस्लामी संघ प्रदेश नम्बर १ का अध्यक्ष सज्जाद आलम फलाहीलगायतको उपस्थितिमा हेसरा नेपालले बाढी पीडित परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो ।









