ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

यसरी पक्राउ परेका थिए प्रहरीमाथि आक्रमण गर्ने मुख्य आरोपी

आवर कोशी by आवर कोशी
जेष्ठ २६, २०७८
यसरी पक्राउ परेका थिए प्रहरीमाथि आक्रमण गर्ने मुख्य आरोपी
24
SHARES
Share on FacebookShare on Twitter

धरान । निषेधाज्ञा जारी रहेकै बेला जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीमाथि आक्रमणमा संलग्न दुई मुख्य आरोपी धनकुटाको बञ्चरे क्षेत्रबाट पक्राउ परे ।

घटनाका मुख्य आरोपी भनिएका धरान १५ का ३२ वर्षीय रेगन लिम्बू र धरान ४ का ३० वर्षीय वसन्त राईले सोमबार राति जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेको बताए पनि उनीहरू बाध्य भएर प्रहरीसामु पुगेको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । ‘अन्तिम विकल्प नभएपछि बाध्य भएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्,’ इलाका प्रहरी कार्यालय धरानका कार्यबाहक प्रमुख इन्स्पेक्टर हेमराज वली भन्छन् ।

उनीहरू घटना घटाएपश्चात् भागेर केराबारी गाउँपालिकामा केही समय बसे पनि त्यहाँबाट पथरी पुगेको अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाएको थियो । प्रहरी पछ्याउँदै पुगेपछि त्यहाँबाट धनकुटाको कर्मीडाँडा पुगेका थिए । कर्मीडाँडा त्यही हो जहाँ रेगन लामो समयसम्म अध्ययन गरेका थिए । उक्त स्थानबारे ज्ञात भएका उनले सोही ठाउँलाई आफू सुरक्षित भएको महसुस गरे । तर, प्रहरीले पछ्याउँदै गरेको जानकारी पाएपश्चात् त्यहाँबाट धनकुटाको उत्तरपूर्वी गाउँ छथर पोखरी ४ बञ्चरे क्षेत्रमा गएर लुकेर बसे । बञ्चरेको अवस्थाबारे रेगन जानकार नै थिए ।

यसबीचमा उनीहरूले व्यक्तिगत मोबाइल फोन प्रयोग नगरेको प्रहरी बताउँछन् । व्यक्तिगत मोबाइल फोनमार्फत् ट्रेसिङ हुने डरका कारण उनीहरू जहाँजहाँ पुगे, त्यहाँका व्यक्तिको फोन प्रयोग गरेर घटनाबारे बुझ्दै थिए । प्रहरीले भाग्न सक्ने सम्भावित स्थान, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुरसम्मको ‘रेकी’ गरिरहेको थियो ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय धरान, प्रदेश १ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको प्रहरीहरू सघन खोजीमा जुटेका थिए । पछ्याउँदै बञ्चरे पुगेको प्रहरीले सुरुमा ‘गाउँघरमा लुकेको’ सूचना प्राप्त गरेको थियो । त्यहाँ प्रहरीले छापा मार्दा फेला नपरेपश्चात् नै जंगलमा लुकेको भन्ने प्रमाणित गर्न सजिलो बनेको थियो । किनकि रेगनको सोही क्षेत्रमा आफन्त रहेकाले सुरक्षित हुने हिसाबमा त्यहाँ पुगेका थिए ।

तर, स्थिति फरक भएको पाएपछि प्रहरी जंगल क्षेत्रमा ‘सर्च’ गर्न थाल्यो । इन्स्पेक्टर वलीका अनुसार त्यहाँबाट जंगलैजंगल तेह्रथुमतिर लागेका थिए । तेह्रथुमतिर पनि खोजी भएपछि पुनः बञ्चरे क्षेत्रको जंगलमै आएर बसेका थिए । जंगलमा खाने प्रबन्ध नभएपछि बाध्य भएर उनीहरू प्रहरीसामु आत्मसमर्पण गरेका थिए । ‘जंगलमा कति दिन बस्ने, भोकभोकै भाग्नुपरेपछि बाध्य भएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्, त्योभन्दा अर्को विकल्प पनि तिनीहरूसँग बाँकी थिइन’ उनले भने । अन्ततः प्रहरीले जेठ २४ गते उनीहरूलाई पक्राउ गरी छाड्यो । उनीहरूले अस्थायी प्रहरी चौकी तोडफोडका साथै त्यहाँका प्रमुख सुमन दाहालमाथि आक्रमण गरेका थिए ।

दाहालको दुवै हातमध्ये बायाँ हातमा गम्भीर चोट पुर्याएका थिए । जसको सल्यक्रिया गर्नुपरेको थियो । घटनामा १० जना संलग्न भए पनि पाँचजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्य पाँचजना फरार छन् । तर, चाँडै पक्राउ पर्ने इप्रका धरानका इन्स्पेक्टर वली बताउँछन् । ‘हाम्रो लक्ष्य मुख्य आरोपीहरूमा थियो, यिनीहरू पक्राउ परिसकेका छन्, अरू त पक्राउ परिहाल्छन्,’ उनले भने । घटनामा अन्य आरोपीलाई धरान ५ देउराली क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा धरान ५ कै २४ वर्षीय वीक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बूलाई पक्राउ गरिसकेको थियो ।

उनीहरूमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ (१) अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त दफाको उपदफा २ अनुसार आरोप प्रमाणित भएमा १० वर्ष जेल र १ लाख रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।

धरान ३ का विनोद राई र प्रसन्न लिम्बूमाथि आक्रमण गर्न पुगेका उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए । विनोद र प्रसन्नले आक्रमणकारीमा संलग्नमध्ये कोहीलाई २० हजार रुपैयाँ दिनुपर्ने विषयलाई लिएर घटना भएको बुझिएको छ । घटना हुनुभन्दा चार दिनअघि सोही प्रहरी चौकीमा छलफलसमेत भएको थियो ।

Related Posts

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by आवर कोशी
माघ १२, २०७९
0

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार...

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

by आवर कोशी
मंसिर १, २०७९
0

इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा...

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

by आवर कोशी
भदौ २२, २०७९
0

भण्टाबारी । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय मुर्शिद...

मानव बेचबिखन रोकथामका लागि घरदैलो

मानव बेचबिखन रोकथामका लागि घरदैलो

by आवर कोशी
भदौ २१, २०७९
0

भण्टाबारी । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले मानव बेचबिखन रोकथामका लागि गाँउ बस्तीमा घरदैलो तथा छलफल कार्यक्रम संचालन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.