ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने, जुलाई २० मा उडान

आवर कोशी by आवर कोशी
जेष्ठ २७, २०७८
अमेजन सीईओ जेफ बेजोस अन्तरिक्षमा जाने, जुलाई २० मा उडान
67
SHARES
Share on FacebookShare on Twitter

 

विश्वका सर्वाधिक धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस अन्तरिक्षयात्रामा जाने भएका छन् ।

आफ्नो अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको रकेट यान न्यू शेर्फडको पहिलो मानवयुक्त उडानमा बेजोस अन्तरिक्षमा जाने भएका हुन् ।

बेजोसको अन्तरिक्ष उडान आगामी जुलाई २० तारेखका लागि तय भएको छ । जुलाई ५ मा अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरिसकेका बेजोसले अमेजन प्रमुखको जिम्मेवारीबाट मुक्त भएसँगै अन्तरिक्षको यात्रामा जाने सोँच बनाएका हुन् ।
ब्लु ओरिजन कम्पनीका अनुसार उक्त उडानमा बेजोससँगै उनका कान्छा भाइ मार्क बेजोस पनि सँगै हुनेछन् ।

सोमबार बिहान इन्स्टाग्राममा पोस्ट गर्दै ५७ वर्षीय बेजोसले भनेका छन् : म पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्थेँ । जुलाई २० मा म मेरो भाइसँगै उक्त यात्रामा निस्कनेछु । सबैभन्दा ठूलो एडभेन्चर, मेरो सबैभन्दा असल साथीसँग ।
यदि बेजोसको योजना सफल भएमा उनी आफ्नै कम्पनीले तयार पारेको रकेटमार्फत् अन्तरिक्षमा पुग्ने पहिलो अर्वपति हुनेछन् । उनको कम्पनीले रकेटयान निर्माणका लागि करोडौँ डलर खर्च गरिसकेको छ ।

स्मरण रहोस् अन्तरिक्ष कम्पनी भर्जिन ग्यालाक्टिकका मालिक बेलायती अर्बपति रिचार्ड ब्रान्सनले समेत निकट भविष्यमा अन्तरिक्ष उडानको योजना बनाएका छन् । उनको कम्पनी ब्लु ओरिजिनसँग प्रत्यक्ष प्रतिस्पर्धामा रहेको छ ।

भर्जिन ग्यालाक्टिकको पहिलो रकेटयुक्त जहाजको उडानबाट आफु अन्तरिक्षयात्रामा जाने ब्रान्सनले घोषणा गरिसकेका छन् ।

उनको अन्तरिक्ष उडान यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा हुनसक्ने अनुमान गरिएको छ ।

उता अन्तरिक्ष उडानका लागि व्यवसायिक रकेटहरु निर्माण गरी प्रक्षेपणसमेत गरिसकेको स्पेस एक्स कम्पनीका मालिक अर्बपति एलन मस्कले चाहिँ अहिलेसम्म अन्तरिक्ष यात्रा गर्ने सोँच सार्वजनिक गरेका छैनन् ।

जेफ बेजोसको अन्तरिक्ष यात्रामा ५९ फुटको रकेटसँगै ६ सिट भएको क्याप्सुल प्रयोग हुनेछ । ११ मिनेटको उडानमा रकेट पृथ्वीभन्दा ६० माइल माथि पुग्नेछ।

पछिल्लो ६ वर्षसम्म न्यु शेर्फड नामक रकेट तथा क्याप्सुलको गहन तथा गोप्य परीक्षण पश्चात् गत मे महिनामा ब्लु ओरिजिन कम्पनीले उक्त यानबाट पहिलोपटक अन्तरिक्षयात्रीलाई पठाउने घोषणा गरेको थियो ।

उक्त ६ सिटे क्याप्सुलमा यात्राका लागि कतिवटा टिकट बिक्री गर्ने भन्ने विषयमा कम्पनीले कुनै जानकारी गराएको छैन । तर एउटा सिट चाहिँ हाल अगाडि बढाइएको लिलामीको बिजेतालाई प्रदान गरिनेछ । हालसम्मको लिलाम बढाबढमा उक्त एक सिटको शुल्क २८ लाख डलर पुगिसकेको छ ।

सिएनएनबाट

Related Posts

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

सशस्त्र प्रहरीको उपलब्धि : छ करोड बढी राजस्व असुली, ठुलो परिणाममा लागूऔषध बरामद

by आवर कोशी
साउन ३, २०८२
0

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न प्रकारका लागू औषधसहित ठूलो...

बाटो मर्मत गर्न भारतीय मन्त्रीको ध्यानाकर्षण

बाटो मर्मत गर्न भारतीय मन्त्रीको ध्यानाकर्षण

by आवर कोशी
साउन २०, २०७९
0

कोसी ब्यारेज । कोसी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुसाहामा अवस्थित रहेको कोसी टप्पु वन्यजन्तु आरक्ष जाने बाटो मर्मत गरिदिन...

हजयात्रीलाई मन्त्री कार्कीको  बिदाई

हजयात्रीलाई मन्त्री कार्कीको बिदाई

by आवर कोशी
असार ७, २०७९
0

इनरुवा । सुनसरीबाट हजका लागि साउदी प्रस्थान गर्ने हाजिहरुलाई विमानस्थलबाट मन्त्री कार्कीद्धारा बिदाई गरिएको छ। पहिलो लटमा हजका लागि साउदी...

जैविक विविधताले संरक्षणमा केटिके बेल्टको सक्रियता

जैविक विविधताले संरक्षणमा केटिके बेल्टको सक्रियता

by आवर कोशी
चैत्र २३, २०७८
0

काठमाडौँ । कोशी टप्पु–कन्चनजंगा बायोडायभर्सिर्टी एजुकेसन लाईभलिहुड टेरा स्टुडियो (केटिके बेल्ट ईन्क) र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग एवम्...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.