ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

यी हुन् ५ वैज्ञानिक जसले आफ्नै आविष्कारबाट ज्यान गुमाए

आवर कोशी by आवर कोशी
जेष्ठ २७, २०७८
यी हुन् ५ वैज्ञानिक जसले आफ्नै आविष्कारबाट ज्यान गुमाए
28
SHARES
Share on FacebookShare on Twitter

आवश्यकता आविष्कारको जननी हो भन्ने भनाइ लोकप्रिय छ । समयसँगै मानिसका आवश्यकता बढ्दै जाँदा नयाँ नयाँ आविष्कारहरु पनि थपिँदै गए । अन्ततः विज्ञान तथा प्रविधिको क्षेत्रमा चमत्कार नै भएको छ । यद्यपि कुनैपनि नयाँ चिजको आविष्कार गर्नु सजिलो कुरा होइन । यसमा वैज्ञानिकहरुको वर्षौँको मिहिनेत लाग्दछ ।

कतिपयले त आफ्नै आविष्कारका कारण ज्यानै गुमाउनु समेत पर्दछ । यहाँ यस्तै पाँचवटा आविष्कार र उनीहरुका आविष्कारकको बारेमा उल्लेख गरेका छौँ, जुन आविष्कार निकै उपयोगी त भए तर विडम्बना आफ्नै आविष्कार नै ती आविष्कारकको लागि काल सावित भए ।

१. होरेस लसन हन्ली : अमेरिकाको समर काउन्टीमा सन् १८२३ को डिसेम्बर २९ मा जन्मिएका होरेस लसन हन्ली पेशाले अमेरिकी गृहयुद्धका बेला सरकारी सामुद्रिक इन्जिनियरको रुपमा कार्यरत थिए । उनले हातले दम दिन मिल्ने पहिलो सामुद्रिक पनडुब्बीको आविष्कार गरेका थिए ।

यद्यपि परीक्षणका क्रममा उक्त पनडुब्बी समुद्रमा डुबेको थियो । चालक दलका अन्य सदस्य सहित हन्ली पनि त्यहीँ पनडुब्बीमा थिए । उक्त दुर्घटनामा परी हन्ली लगायतका चालक दलका सदस्यहरुको मृत्यु भएको थियो।

२. हेनरी स्मोलिन्स्की : अमेरिकी वैज्ञानिक हेनरी स्मोलिन्स्कीले सन् १९७३ मा उड्ने कारको आविष्कार गरेका थिए । उक्त उड्ने कारको नाम उनले एभिइ मिजार राखिएको थियो । उक्त उड्ने कारको परीक्षण उडानका क्रममा कार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार स्मोलिन्स्कीको मृत्यु भयो ।

३. फ्रान्ज रिचेल्ट : तपाइँले चराका पखेटाजस्तै कपडा लगाएका मानिसहरु पहाडको टुप्पोबाट हाम फालेर उड्दै तल खोँचसम्म पुगेर सकुशल ओर्लिएका दृश्यहरु देख्नुभएकै छ हो । मान्छेलाई चराजस्तै उड्नसक्ने बनाउने यस्ता कपडालाई विन्जसुट भनिन्छ । यस्तो आधुनिक पखेटा पहिरनको आविष्कार चाहीँ सन् १९१२ मै भएको हो ।

पेशाले कपडा सिलाउने सूचीकार रहेका ३३ वर्षीय अष्ट्रियन युवा फ्रान्ज रिचेल्टले विन्जसुटको आविष्कार गरे । आफूले तयार पारेको विन्जसुटको परीक्षणका लागि सन् १०१२ को फेब्रुअरी ४ मा उनले त्यो पहिरन लगाएर पेरिसस्थित इफेल टावरबाट हाम फाले । तर विडम्बना उनको परीक्षण सफल हुन सकेन । जोडसँग भुइँमा बजारिँदा उनको तत्कालै मृत्यु भयो ।

४. म्याडम क्यूरी : रेडियम तथा पोलोनियम नामक दुईवटा तत्वको खोजी गर्ने विश्व प्रसिद्ध भौतिक तथा रसायन वैज्ञानिक म्याडम क्युरीको मृत्यु सन् १९३४ मा भएको हो । विकिरण अर्थात् रेडियो एक्टिभिटीको खोज अनुसन्धानमा लागेकी क्यूरीको त्यहीँ खतरनाक विकिरणले शरीरमा गम्भीर असर गर्‍यो र सोही कारणले उनको मृत्यु भयो ।

५. विलियम बुलोक : अमेरिकाको ग्रिनभिलेमा जन्मिएका विलियम बोलुकलाई रिचार्ड मार्च होइले बनाएको रोटरी प्रिन्टिङ प्रेसमा आमूल सुधार गर्ने वैज्ञानिक मानिन्छ । उनकै कारणले प्रिन्टिंग प्रेसको उद्योगमा क्रान्तिकारी परिवर्तन आएको थियो । तर आफैले बनाएको प्रिन्टिंग प्रेस मेसिन मर्मत गर्ने क्रममा सोही मेसिनमा फसेर उनको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

Related Posts

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

७१ औं भन्सार दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by आवर कोशी
माघ १२, २०७९
0

भण्टाबारी । ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सुनसरी भन्सार कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार...

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

सुनसरी ४ मा लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन

by आवर कोशी
मंसिर १, २०७९
0

इनरुवा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको विशाल आमसभा...

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

खोलामा डुबेर बेपत्ता बालिका मृत फेला

by आवर कोशी
भदौ २२, २०७९
0

भण्टाबारी । सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । स्थानीय मुर्शिद...

मानव बेचबिखन रोकथामका लागि घरदैलो

मानव बेचबिखन रोकथामका लागि घरदैलो

by आवर कोशी
भदौ २१, २०७९
0

भण्टाबारी । साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले मानव बेचबिखन रोकथामका लागि गाँउ बस्तीमा घरदैलो तथा छलफल कार्यक्रम संचालन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.