इनरुवा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले जिल्लाको विभिन्न क्षेत्रबाट धमाधम भन्सार छलेको सामान बरामद गर्न थालेको छ । सोही क्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले सीमा इलाकाबाट भन्सार छली नेपाल भित्राइएका मुल्य रु.११ लाख तीन हजार ११० रुपैयाँ बराबरको अवैध समान र सवारी साधन बरामद गरेको छ। सीमापार अपराध तथा अबैध चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले सिमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको जनाइएको छ ।
सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंज, प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर, बिओपी लौकही, बिओपी उल्टी, बिओपी लाही, बिओपी घुस्की, बिओपी साहेवगंज, बिओपी अमडुवा र विओपी हार्बोनीबाट खटिएको टोलिले सुनसरी जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान, प्याज, चिनी, सुर्ती, रजनीगन्धा, खोर्सानी, मो.सा र साईकलका पार्टस सहित मो.सा. र अटो बरामद गरेको छ। उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सप्रवल नेपाल नं.४ गणका गणपति सप्रउ लकेश कुमार तुम्बाहाङ्गफेले जानकारी दिए ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले सीमा इलाकाबाट भन्सार छली नेपाल भित्राइएका मुल्य तीन लाख ३० हजार ३७० रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ । सीमावर्ती क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलिले सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामानहरु, प्याज बरामद गरेको हो । उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।
पीडित,विपन्न तथा एकल महिलालाई राहत
कोशी । विभिन्न स्थानमा आगलागीबाट पीडित भएका घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । यसै क्रममा सुनसरी कोशी गाउँपालीका वडा...