ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

श्वेत सूर्य: द्धन्द्धपछि समाजको ऐना

आवर कोशी by आवर कोशी
माघ २४, २०८१
श्वेत सूर्य: द्धन्द्धपछि समाजको ऐना
24
SHARES
Share on FacebookShare on Twitter

प्रेम कुमार साह

शनिबारको बिहान, ओछ्यानमै मोबाइल स्क्रोल गर्ने क्रममा युट्युबमा भर्खरै रिलिज भएको एक नेपाली फिल्म देखियो। सुरुदेखि नै अरू नेपाली फिल्मजस्तै औसत स्तरको कथावस्तु होला भन्ने सोचेर बेवास्ता गरें। तर, बिहानको खाना पछि फुर्सदको समयलाई उपयोग गर्न फिल्म हेर्न थालें। चलचित्रको शुरुवात रमणीय पहाडी दृश्यले भरिएको बिहानको शान्त वातावरणबाट हुन्छ। दृश्यमा एउटा पुरानो घरको माथिल्लो तलामा रेडियो बजिरहेको देखिन्छ, जहाँ विद्या चापागाईंको चर्चित कार्यक्रम “साझा सवाल” प्रसारण भइरहेको छ। यस कार्यक्रममा अतिथिका रूपमा दशक लामो सशस्त्र द्वन्द्वका सहकमान्डर डा. बाबुराम भट्टराई सहभागी छन्। फिल्मको मूल कथा माओवादी विद्रोहले हिंसात्मक मार्ग परित्याग गरी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि, त्यो द्वन्द्वले राज्य, समाज, र विशेषगरी युवा पुस्तामा पारेका गहिरा र दीर्घकालीन प्रभावहरूको अन्वेषणमा आधारित छ। द्वन्द्वपछिको पुनर्निर्माण, पुनस्र्थापनाका चुनौतीहरू, सामाजिक विभाजनका गहिरा घाउहरू, र भविष्यप्रतिको अनिश्चितताले भरिएको यो कथा गम्भीर, यथार्थपरक र दर्शनीय छ।

दीपक रौनियारद्वारा निर्देशित चलचित्र श्वेत सूर्य (सेतो सूर्य) ले दशक लामो माओवादी द्वन्द्वपछि नेपाली समाजमा देखिएको विभाजन, पीडा, र अन्यायलाई कलात्मक तर वास्तविक शैलीमा प्रस्तुत गरेको छ। चलचित्रले द्वन्द्वपछिको समाजमा रहेका राजनीतिक, सामाजिक, र आर्थिक असमानतालाई उजागर गर्दै युद्धले निम्त्याएका दीर्घकालीन प्रभावहरूको गहिरो अध्ययन गर्छ । 

फिल्मको कथा चन्द्र (दयाहाङ राई) को वरिपरि घुम्छ। चन्द्र, जो माओवादी लडाकु थिए । जो वर्षौं पछि गाउँ फर्केका थिए । चन्द्र घर फर्किदा बुबाको बिहानै मृत्युवरण भैसकेको हुन्छ । तर, उनको आगमनले केवल व्यक्तिगत मुद्दा मात्र होइन, सम्पूर्ण समाजको भित्री घाउलाई पनि सतहमा ल्याउँछ । माथिल्लो तलाबाट शव निकाल्न गाउँमा युवा भेटिदैनन्, यसले गाउँ रित्तो भ‌एको तितो तर यथार्थ घटनालाई उजागर गर्दछ ।‌ गाउँमा पुग्दा चन्द्रले आफूलाई एउटा पुरानो तर अहिले पनि जीवित विवादको केन्द्रमा पाउँछन्। माओवादी र राजावादीबीचको विभाजन, परम्परागत संस्कार र आधुनिक सोचबीचको संघर्ष, र राज्यको भूमिका—सबै उनका आँखाअगाडि उदाङ्गो हुन्छ ।

एउटा शव उठाउनै लाग्दा छोरा सुरजले भित्रबाट एउटा झन्डा लिएर आउँछ। ‘बुबाको अन्तिम इच्छा थियो’ भन्दै त्यो झन्डा शवमाथि ओढाइदिन्छ। शव उठाउनै लागेका ठूलो छोरा चन्द्रलाई त्यो सह्य हुँदैन। थुतेर फालिदिन्छ ।
बाबुको शव छेउमा दुइटा छोराको घम्साघम्सी पर्नै लागेका बेला गाउँले अलमलमा पर्छन्। एउटा छोरा सेनामा काम गरेर गाउँमा जमेको, अर्को माओवादी भएर वर्षौं बाहिरै बसेको । गाउँलेले सम्झाएपछि अन्ततः शवमा फेरि झन्डा ओढाइन्छ। तर दुई छोराबीचको विवाद सकिँदैन। शव बाटैमा पसारो लाग्छ। दुइटै छोरा दुईतिर लाग्छन्।

चन्द्रका बुबाको मृत शरीर फिल्मको प्रमुख प्रतीक हो। उनी एक परम्परागत व्यक्तित्व भएका राजावादी थिए। तर, उनको मृत्युपछि पनि राजनीतिकरण गरिएको संस्कारले परम्परागत मूल्य र आधुनिक राजनीतिबीचको टकरावलाई उजागर गर्छ। शव जलाउन परम्परागत नियमअनुसार छोराले जिम्मा लिनुपर्ने हुन्छ। तर, चन्द्र र सुरजबीचको वैचारिक विभाजनले यो संस्कारलाई राजनीतिक मुद्दामा रूपान्तरण गरिदिन्छ। गाउँलेहरूले यो टकरावलाई चुपचाप हेर्छन्, जसले समाजमा व्याप्त वैमनस्यता झल्काउँछ।

माओवादी द्वन्द्वले नेपाली समाजलाई गहिरोसँग विभाजित गर्‍यो। एकै गाउँ, परिवारमा बस्ने मानिसहरू दुई ध्रुवमा विभाजित भए—कसैले माओवादीलाई समर्थन गरे भने कसैले राजावादीलाई। चन्द्र र उनका भाई सुरजबीचको सम्बन्ध यसकै एउटा सजीव उदाहरण हो । 

बद्री: द्वन्द्वले बदलिएको बाल्यकाल

फिल्म श्वेत सूर्य को सबैभन्दा मार्मिक र गहिरो प्रभाव पार्ने पात्र बद्री हो। द्वन्द्वले बद्रीलाई एक अनाथ बालकको भूमिकामा धकेलिदिएको छ। उसका आमाबाबुको हत्या माओवादीले गरेको थियो, र यस वास्तविकताले उसको जीवनमा अकल्पनीय दुःख र पीडा ल्यायो।

जब बद्रीले चन्द्रको माओवादी पृष्ठभूमिबारे थाहा पाउँछ, उसको मनमा गहिरो क्रोध र निराशा जाग्छ। उसलाई लाग्छ, चन्द्रजस्ता मानिसहरूले नै उसको बाल्यकाल चोरेका छन् र उसलाई केवल पीडामात्र बाँकी छोडिदिएका छन्। चन्द्र जस्ता पूर्व-माओवादी लडाकुहरू, जसले युद्धमा प्रत्यक्ष भूमिका खेले, बद्रीको लागि केवल घृणाको पात्र हुन्। बद्रीको क्रोध र मानसिक अशान्तिले द्वन्द्वले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने गहिरो असरलाई झल्काउँछ।
माओवादी द्वन्द्वको मुख्य उद्देश्य सामाजिक समानता र दुरदराजका बालबालिकाका लागि शिक्षाको पहुँच सुनिश्चित गर्नु थियो। तर विडम्बना, बद्री जस्ता बालबालिकाको जीवनमा द्वन्द्वले परिवर्तन ल्याउन त परै जाओस्, उनीहरूलाई झन् धेरै दुःख र अभावको भूमरीमा फसाइदियो।

कलम, किताब, र शिक्षाको सपना देख्नुपर्ने उमेरमा बद्री यात्रुहरूको भारी बोक्न बाध्य छ। माओवादीले जब “शिक्षा, स्वास्थ्य, र समानताका लागि लडाइँ” को नारा दिएर युद्ध सुरु गर्‍यो, त्यही लडाइँले बद्री जस्ता बालबालिकाको भविष्यलाई अन्धकारमय बनायो। बद्रीको झोला स्कुलका किताबले भरिनु पर्थ्यो, तर उसले बोकेको भारीले उसको बाल्यकाललाई थप गह्रौं बनाएको छ। 

बालबालिकाहरू प्रत्यक्ष रूपमा लडाइँमा सहभागी नभए पनि द्वन्द्वले उनीहरूको मानसिक र सामाजिक विकासमा गहिरो असर पुऱ्याउँछ। आमाबाबुको मृत्यु र समाजमा व्याप्त हिंसाले बद्री जस्ता बालबालिकाको मनोविज्ञानलाई गम्भीर रूपमा असर गर्छ। उनीहरूलाई सुरक्षित बाल्यकालको अनुभव नहुँदा उनीहरूको व्यक्तित्वमा असुरक्षा, डर, र क्रोधको गहिरो छायाँ पर्छ।

बद्रीको चरित्रले द्वन्द्वपछिको समाजमा बालबालिकाहरूले भोग्नुपरेको असमानता र अन्यायलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। उनका आँखा केवल अनिश्चित भविष्यको प्रतीकमात्र होइनन्, ती आँखा समाजको असफलतामाथि प्रश्न सोधिरहेका छन् । 

बद्रीको कथा केवल एउटा अनाथ बालकको कथा होइन, यो द्धन्द्धको वास्तविक मूल्यको कथा हो। परिवर्तनको नाममा थालिएको माओवादी द्धन्द्धले बद्री जस्ता बालबालिकाको जीवनलाई शिक्षाबाट वञ्चित गर्‍यो, र उनीहरूलाई केवल पीडाको संसारमा बाँधिदियो।

बद्रीको संघर्ष र क्रोधले द्वन्द्वपछिको समाजलाई आत्मनिरीक्षण गर्न बाध्य बनाउँछ। शान्ति सम्झौता पछि पनि यस्तो असमानता र अन्याय रहनु दुःखद सत्य हो। बद्रीजस्ता बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न, समाजले युद्धको घाउलाई गहिरोसँग बुझ्न र त्यसलाई निको पार्न प्रयास गर्न आवश्यक छ। श्वेत सूर्य ले यो संदेशलाई गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेको छ।

शान्ति सम्झौतापछि नेपालले युद्धको औपचारिक अन्त्य गरे पनि, समाजमा न्याय र समानताको प्रत्याभूति गर्न सकेको छैन। युद्धकालमा माओवादीलाई समर्थन गर्ने कतिपय नेताहरू अहिले राज्यका उच्च ओहदामा छन्। उनीहरू विलासी जीवन जिउँछन्, जबकि अधिकांश पूर्व लडाकुहरू गरिबी, उपेक्षा, र संघर्षपूर्ण जीवन बिताइरहेका छन्।

दुर्गा: द्वन्द्व, समाज र शोषणको चपेटामा परेकी महिला

फिल्म श्वेत सूर्य को दुर्गा समाज, घरपरिवार र द्वन्द्वले च्यापेर पेलिएको पात्र हो। माओवादी द्वन्द्वको त्रासदी र त्यसले ल्याएको पीडाको प्रतिक हुन् दुर्गा। द्वन्द्वकालमा उनीमाथि भएको यौन हिंसाले न केवल उनको शारीरिक र मानसिक चोट पुऱ्यायो, तर त्यो हिंसाको नतिजा स्वरूप जन्मिएको छोरी पूजा उनका दुःखका लागि समाजले औंलो ठड्याउने कारण बन्यो।

दुर्गा वर्षौंसम्म समाजबाट अपहेलित भइन्। एक्लोपनको चपेटामा परेकी उनी, आफ्नै छोरीलाई समाजमा सम्मानसहित जन्मदर्ता गराउन कानुनी लडाइँ लड्न बाध्य हुन्छिन्। तर, त्यो प्रक्रिया पनि सजिलो थिएन। राज्यको कठोर नियम र समाजको अन्यायपूर्ण दृष्टिकोणसँग जुध्नु पर्ने परिस्थितिले दुर्गालाई झन् कमजोर बनायो। छोरी पूजाले “मेरो बुबा को हो?” भनेर सोध्दा दुर्गाको मौनता उनको गहिरो घाउको प्रमाण हो। त्यो घाउ केवल द्वन्द्वको उपज हो। दुर्गाको पीडा समाज र राज्यको संवेदनहीनता र माओवादी द्वन्द्वको निरर्थक क्रूरताले बनाएको हो।

‌दुर्गाको कथा कुनै एक महिलाको मात्र होइन। यो द्वन्द्वका नाममा महिला भएकै कारण भोग्नुपरेको शारीरिक, मानसिक र सामाजिक शोषणको प्रतिनिधि कथा हो। माओवादी आन्दोलनले समानताको नारा दिए पनि दुर्गा जस्ता महिलाहरूको कथा त्यही नारा विरुद्धको कठोर वास्तविकता हो।दुर्गा जस्ता पात्रहरूले द्वन्द्वपछिको समाजलाई ऐना देखाउँछन्। युद्धले महिला, विशेषगरी ग्रामीण समुदायका महिलाहरूको जीवनमा गहिरो चोट पुऱ्याएको छ। न्याय र समानताको सपना देखाइएको यो युद्धले महिलाहरूको अस्मिता र सम्मानलाई थप कमजोर बनायो।

दुर्गाको कथा केवल व्यक्तिगत पीडाको कथा होइन। यो समाज, राज्य, र युद्धको त्रासदीको कथा हो। जन्मदर्ता गराउने संघर्ष, छोरीको भविष्यप्रतिको चिन्ता, र समाजले लगाइरहने दोषका बीच दुर्गाले आफ्नो जिउने साहस गुमाएकी छैनन्। श्वेत सूर्य ले द्वन्द्वका कारण महिलाले भोगेका दुःखलाई उजागर गर्दै राज्य र समाजलाई गम्भीर प्रश्न सोध्छ। दुर्गा जस्ता पात्रले समाजमा महिला हिंसाको वास्तविकता र युद्धपछिको न्यायको खडेरीलाई गहिरोसँग उजागर गर्छन्।

फिल्मले द्धन्द्धको नेतृत्वकर्ता र राज्यको भूमिकामा गहिरो प्रश्न उठाउँछ। माओवादी लडाकु परिवारहरू माथि राज्यका निकायहरूले अझै पनि संकुचित दृष्टिकोण राखेका छन्। पुलिसको क्रूर व्यवहारले यो विभेदलाई स्पष्ट रूपमा देखाउँछ । स्वयम माओवादीहरूले आफ्नो सिद्धान्तलाई बिर्सिएका पनि छ । जनवादी विवाहको वकालत गर्नेहरूको विवाह राजसी ठाँटबाट सहित भैरहेका छन्। हिजो खाली खुट्टा हिड्नेहरू आज ब्राण्डेड जुत्ता लगाएर हेलिकप्टर चढ्ने हैसियत बनाईसकेका छन्। 

श्वेत सूर्य ले युद्धले केवल भौतिक क्षति मात्रै होइन, मनोवैज्ञानिक र सामाजिक घाउ पनि पार्ने देखाउँछ। एउटै समाजभित्र रहेका मानिसहरू विचारधाराका कारण एकअर्काको शत्रु बने। बालबालिका जस्ता निर्दोष पात्रहरूले बाँच्नका लागि कठोर परिस्थितिको सामना गर्नुपर्‍यो। माओवादी द्धन्द्धले सिर्जना गरेका असमानताहरूलाई सजीव रूपमा प्रस्तुत गरेको छ। यो द्धन्द्धका केही साथीहरू अहिले राज्यका सुविधाभोगी बनेका छन्, जबकि अधिकांश लडाकुहरू उपेक्षित छन्।

श्वेत सूर्य द्वन्द्वपछिको समाजको ऐना हो। फिल्मले द्वन्द्वका कारण मानिसहरूले भोगेका पीडा, सामाजिक विभाजन, र अन्यायलाई उजागर गर्छ।यो केवल एक कथा होइन, यो एउटा चेतावनी हो—युद्धका परिणामहरूलाई केवल बन्दुकहरूको मौनताबाट समाधान गर्न सकिँदैन। समाजलाई निको पार्न, न्याय, समानता, र मेलमिलापको बाटो अवलम्बन गर्नुपर्छ।

फिल्मले परम्परा र आधुनिकताको टकराव, बालबालिकाको मानसिक स्वास्थ्य, र समाजको पुनर्निर्माणको आवश्यक्तालाई प्रभावकारी रूपमा उजागर गरेको छ। श्वेत सूर्य केवल एक चलचित्र नभएर शान्ति र मेलमिलापका लागि एक गहिरो आह्वान हो । दीपक राैनियारद्वारा निर्देशित, सिनेमा ‘सेताे सूर्य’मा तत्कालीन माओवादी सशस्त्र द्वन्द्वसँग उत्पन्न परिस्थितिले नेपाली समाजमा पारेकाे प्रभावकाे जीवन्त तस्बिर प्रस्तुत गरिएकाे छ ।

यसले इतिहासकाे एउटा दुखेकाे पाटाे अभिलेख गरेकाेमात्र छैन, यतिबेला जीवनयापनका लागि युवाहरू विदेसिनु पर्ने बाध्यता सिर्जना हुनुकाे एउटा पृष्ठभूमिमा गतिलाे प्रहार पनि गरेकाे छ ।युवाविहीन गाउँ-समाजकाे नियति थप डरलाग्दाे बन्दै छ । कलात्मक शैलीमा गम्भीर विषय प्रस्तुतिका लागि ‘सेताे सूर्य’ निर्माण तथा अभिनयसम्बद्ध उत्कृष्ट छ । अन्धविश्वास, राजनीतिक अवसरवाद, यथास्थिति र सबैखाले विभेदविरुद्ध याे सिनेमामार्फत गर्न खाेजिएकाे प्रहार समय सापेक्ष छ ।

Related Posts

“व्यवस्था” बाट पलायनको निरन्तरता

“व्यवस्था” बाट पलायनको निरन्तरता

by आवर कोशी
माघ २५, २०८२
0

नेपालको वर्तमान राजनीतिक परिदृश्य सतहमा हेर्दा परिवर्तनको चाहना, पुराना दलप्रतिको आक्रोश र नयाँ नेतृत्वप्रतिको उत्साहले भरिएको देखिन्छ। तर यही दृश्यलाई...

“राजनीति : मूल्यहीनताको महासागर”

“राजनीति : मूल्यहीनताको महासागर”

by आवर कोशी
साउन १७, २०८२
0

सन् १९७४ मा निर्मित एउटा हिन्दी फिल्म छ, 'इमान'। फिल्ममा एउटा पात्रले सोध्छ, ‘इमान के हो?’ अर्काले जवाफ दिन्छ, ‘इमान...

विद्यार्थी राजनीति: वर्तमान र भविष्यको दोसाँध

विद्यार्थी राजनीति: वर्तमान र भविष्यको दोसाँध

by आवर कोशी
फाल्गुन १२, २०८१
0

प्रेम कुमार साह विद्यार्थी राजनीति एउटा यस्तो ऊर्जा हो, जसले किताबका ज्ञानलाई सडकका संघर्षसम्म पुर्‍याउँछ। यो केवल क्याम्पसका चुनाव वा...

नामको होइन, कामको संघियता बनाऔँ

नामको होइन, कामको संघियता बनाऔँ

by आवर कोशी
फाल्गुन ६, २०८१
0

प्रेमकुमार साह नेपालमा संघीयता कार्यान्वयन भएको सात वर्ष पूरा भइसक्यो। यस अवधिमा प्रदेश सरकारहरूले के हासिल गरे? जनताको अपेक्षा अनुसार...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.