लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित बिहिवार एक जनालाई पुन: नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल (बिओपी ) लौकहीबाट सशस्त्र प्रहरी नायब निरिक्षक प्रकाश भट्टराई नेतृत्वको टोलीले भारतीय बजारबाट मोटरसाइकलको ईन्डिकेटर भित्र लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित रामधुनी नगरपालिका २ बस्ने २४ वर्षका शिवशंकर चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी निर्मल थापाले जानकारी दिए । भारतीय बजारबाट नेपालतर्फ आएका सुनसरी चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ दशमलव २१ ग्राम फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
कोशीबाट लागूऔषध सहित एकजना पक्राउ
भण्टाबारी । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्टी टोलीले प्रतिबन्धित लागूऔषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको...










