सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ६ स्थित भारतीय बजार बेलाहावाट इस्राईल कामतकाे बाटाै हुँदै नेपाल तर्फ आउदैं गरेकाे भाईनेट नेट wifi कम्पनीकाे टाटा पिकअपमा लागूओषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भाईनेट वाई-फाई मर्मत तथा जडान गर्ने टाटा पिकअप गाडी नम्बर बा १३ च ७९८५ मा सिट भित्र कालाे प्लास्टिकमा २.१६ ग्राम खेराै हिराेईन लुकाएर नेपाल भित्र्याउने क्रममा गाडी सहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बिओपी नेपाल लाैकही निरिक्षक नारायण गाैतमले वताए ।
सशस्त्र प्रहरी बिओपी लाैकहीवाट सहायक प्रहरी निरिक्षक प्रकाश भट्टराईकाे नेतृत्वमा खटिएको टाेलीले साे भाईनेट वाई फाई बनाउने टाटा कम्पनीकाे पिकअप गाडीमा शंका लागेकाे अवस्थामा खाेजतलास गर्दा सिट भित्र कालाे प्लास्टिकमा २.१६ ग्राम खेराै हिराेईन लुकाएर ल्याउने क्रममा गाडी चालक इटहरी उपमहानगरपालिका वडा नम्बर ४ निवासी २७ वर्षको बिजय कुमार चाैधरी,ऐ ऐ बस्ने २२ बर्षकाे संजय भुजेल र ऐ ऐ बस्ने १६ बर्षकाे कृष्ण साह लागू ओषध सहित भाईनेटकाे गाडी नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाएको छ ।










